म बस्ने टोलमा एकजना उन्नाइस बीस वरीपरिको एक जना खस भाई बस्छन् । उ असाध्यै गफाडी छ, केही कुरा नजाने पनि तर्क मिलोस् वा नमिलोस् गफ ठोकी हाल्छ । सायद वंशानुगत गुण पनि हुन सक्छन् उ असाध्यै बोल्नु पर्छ । कहिले कही नसुहउदो किसिमले पैसाको धाक पनि लगाउछ । उ आफूलाई पेशाले शिक्षक भन्छ, शिक्षक हुना यो यो गुण चाहिन्छ भनेर फलाक्छ, अनि आफू त्यस्तो गुणले निपुण छु भनेर प्रत्यक्ष रुपमा धाक दिन्छ । अनि सा साना केटा केटी संग टुटे अंग्रेजी बोल्न थाल्छ, जब की त्यो अग्रेजी आफूले मात्र जानेको छ भन्ठान्छ ।
जाडो महिनामा प्राय आगो बालेर बेलुका एक धण्टा सधै हामी आगो ताप्थ्यो । त्यही बेलामा उसले आˆनो औकत कति हो देखाउने गथ्र्यो । तर त्यहा भरिमा पनि उसलाई कसैले मन पराउदैन्थ्यो । एक जना दिदी आˆनो छोरीको हात समायो भनेर ..... सर पनि त्यस्तो हुन्छ त्यो ता खुस्केट हो भन्थ्यो । त्यो भाई पनि अति विध्नका थिए कहिले घरमा मेरो सम्पत्ति यति छ, खेतमा धान यति फल्छ, बा भेटनरीको जिल्ला डाक्टर हुनुहुन्छ... उसको साइकल बारेमा सोध्धै नसोध्ध पनि उ भन्ने गथ्र्यो कि मलाई बाइक किन्न केही समस्या छैन् तर आज मेरो स्वास्थ लागि चढदै छु ।
एकदिन हाम्रै टोलका एकजना दाजुलाई आˆनो कक्षा ६ पढ्ने छोरालाइ फररर अंग्रेजी आएन भनेर प्याट त्यस भाइको अगाडी कुरा आयो, अनि सबैले जिस्काउदै त्यो भाई तिर देखाउदै यो सरले पढाइदिनुहुन्छ भन्यो । उसले पनि हुन्छ भन्यो खुशी साथ । तर मेरो छोरालाइ म अहिले बोलाउछु अंग्रेजीमा सोध्नु भन्यो , त्यो भाईले भइ हाल्छ नि भन्यो । त्यो ६ कक्षामा पढने भाई आयो, अनि त्यो भाइ -सर) ले अंग्रेजीमा सोध्न लाग्यो । सोध्न लागे पछि, उसको अंग्रेजी र गाउ तिर रक्सी खाएर हिड्दा लाहुरेहरुले बोल्ने अंग्रेजीमा मैले भेद पाइन्, तर पनि बोली रहन्छ ।
अर्को दिन उसले त्यो आगो तप्ने ठाउमा आˆनो विज्ञापन कुटनीतिक पाराले गर्यो । म सबैलाई टयुसन् निशुल्क पढाइदिन्छु, भन्यो तिम्रो घर तिर जात भए पनि हून्छ भन्यो तर उसले कुरा गर्दै जदा म एक्लै छु खाना पकाउन वोर हुन्छ खाना दिए हुन्छ भनेर लस्ट गफ त्यता मोड्यो ।
उसको माथिको व्यक्तिगत चरित्रलाई एकछिन नसोच्ने हो भने, सायद एउटा मंगोलियनको छोरा वा छोरी भएको भए त्यो अंग्रेजी फररर सिकाउन चहाने दाईसंग दाईले कुरा गरिदिनु भने पनि उ कुरा नै गर्न चहादैन्थ्यो किन की उ आफूलाई पूर्णरुपमा ज्ञान छैन् भनेर पन्छिन खौज्दथ्यो, किन कि हामी मंगोलियनमा सबै आए पछिमात्र बोल्नु पर्छ भन्ने धारण व्याप्त छ । उसले घुमारोपाराले गफ गरे पनि जागिर चाहिएको भान् हुन्थ्यो, अनि भए हुन्छ नत्र मेरो के जान्छ भन्ने शैलीमा अर्कोतिर आˆनो एक्सपोजर खोजीरहेको थियो, सायद मंगोलियन साथीहरुलाई यस्ता कुरा झिना मसिना लाग्न सक्छ कि झाउ वा लाज लाग्ने गर्छ । तर उ भने आफूलाई निपुण बनाउन यस्तै क्रियाकलाप अघि बढाउदै थियो । उनीहरुमा र हामीमा यही सानो कुरा फरक रहेछ ।




